इन्स्पेक्टर एलिजाको सरुवा, सुभद्राले पाइन कोटेश्वर प्रभागको जिम्मेवारी

Posted on: September 10, 2019 | views: 225 सुशासन संवाददाता

काठमाडौं, भदौ २४ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको नेतृत्व परिवर्तन भएको छ । प्रहरी मुख्यालयले आइतबार गरेको काज सरुवा अनुसार एकबर्ष देखि कोटेश्वर प्रहरीको कमाण्ड सम्हाल्दै आएकी इन्स्पेक्टर एलिजा गिरीको सरुवा भएको हो ।

उनको प्रहरी मुख्यालयको मानवअधिकार सेलमा सरुवा भएपछी सोही सेलमा कार्यरत इन्स्पेक्टर सुभद्रा वाइबालाई कोटेश्वर प्रभागको जिम्मेवारी दिइएको छ ।

गतबर्ष तत्कालीन इन्स्पेक्टर राजु लामा कमाण्ड कन्ट्रोलमा असफल भएको भन्दै प्रहरी मुख्यालयले गिरीलाई कोटेश्वर प्रभागको इन्चार्जमा सरुवा गरेको थियो । इन्स्पेक्टर गिरीले उत्कृष्ट पुलिसिङ गर्दै एक बर्षको कार्यकाल सफलतापुर्वक सम्पन्न गरेपछि प्रहरी मुख्यालयले उनको सरुवा गर्दै उनको ठाउँमा इन्स्पेक्टर वाइबालाई खटाएको हो ।

इन्स्पेक्टर वाइबा दुई बर्ष अगाडी महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीको प्रमुख थिइन ।

Share your thoughts!