प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

Posted on: August 24, 2019 | views: 98 सुशासन संवाददाता

भक्तपुर, भदौ ७ । भक्तपुर नगरपालिका-९ च्यामासिंहस्थित डिउटीमा खटिएको प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे नमवुद्ध नगरपालिका-९ घर भई हाल भक्तपुर सुडाल बस्ने २६ वर्षीय सरोज दाहाल र सल्यान त्रिवेणी गाउँपालिका-५ घर भई हाल भक्तपुर सुडाल बस्ने २२ वर्षीय अजय राउत रहेका छन् । 

मादक पदार्थ सेवन गरेका उनीहरुले डिउटीमा खटिएको प्रहरीलाई हातपात गरे पश्चात प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!