जुवा खालबाट नगदसहित पाँच जना पक्राउ

Posted on: August 12, 2019 | views: 77 रासस

मध्यपुरथिमि, साउन २७ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले आज तास खेलिरहेका  ती व्यक्तिलाई पक्राउ गर्नाका साथै जुवाखालबाट रु ३० हजार ६४० बरामद गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।


Share your thoughts!