चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या

Posted on: August 11, 2019 | views: 156 सुशासन संवाददाता

काठमाडौं, साउन २६ ।  चक्कु प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा शनिबार साँझ श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगपालिका-६ पुरानो शान्त भवन बस्ने मकवानपुर गढी गाउँपालिका-८ घर भएकी २५ वर्षीया शिला घले रहेकी छन् । शिलाले २४ वर्षीय श्रीमान जालमान स्याङ्तानलाई सामान्य विवादको कारण तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । 

घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले शिलालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!