आफ्नै दाइलाई कुटपिट गरी हत्या गरको अभियोगमा पक्राउ

Posted on: July 21, 2019 | views: 65 सुशासन संवाददाता

सोलुखुम्बु, साउन ५ । आफ्नै दाइलाई कुटपिट गरी हत्या गरको अभियोगमा थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिम बेशी बस्ने २७ बर्षीय किरण राईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 

शुक्रबार घरायसी बिवादको कारण कुटपिट हुँदा निजका दाइ जय प्रकाश राईको आफ्नै घरमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सुकेपोखरीबाट र ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले अनुसन्धानका लागि किरणलाई प्रकाउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!