प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

Posted on: July 21, 2019 | views: 53 सुशासन संवाददाता

काठमाडौं, साउन ५ । प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नयाँबजार बस्ने काभ्रे चौभास नगरपालिका-४ घर भएका ३४ वर्षीय सुनिल तामाङ रहेका छन् । 

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक तामाङको साथमा चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ ग्राम फेला परेकोले कारबाहीबाट बच्न उक्त नगद दिई प्रलोभनमा पार्न खोजे पश्चात् उनलाई स्कुटर सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!