जबरजस्ती करणीको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

Posted on: July 10, 2019 | views: 68 रासस

सिराहा, असार २५ । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका-३ कमला खोला बस्ने ५५ वर्षीय रामबृक्ष साफी रहेका छन् । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले रामबृक्षलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!