अवैध लागूऔषध सहित पक्राउ

Posted on: July 09, 2019 | views: 62 सुशासन संवाददाता

सिराहा, असार २४ । गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय बलिराम महतोलाई अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ३ सय मिलिग्राम र नगद २२ हजार ८ सय १० रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा बिक्री वितरणको लागि लुकाईछिपाई राखिएको उक्त परिमाणको लागूऔषध फेला पारेको हो । 

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!