प्रहरी निरीक्षक साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: July 09, 2019 | views: 413 सुशासन संवाददाता

काठमाडौं, असार २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार अनुसन्धानका क्रममा प्रहरी निरीक्षक साहले लागु औषध मुद्दामा पक्राउ परेका सेवाग्राहीको मुद्दामा घुस लिएको भन्ने समेत बिषयको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजले जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा कार्यरत रहँदा सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा सत्तरी हजार रकम जम्मा गर्न लगाएका थिए ।

अख्तियारका अनुसार निज प्रहरी निरीक्षक लालबाबु प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा लिई सकेको रिसवत जफत गरी ऐ. दफा ३ को उपदफा (१) (ग) बमोजिम कैद र विगो बमोजिम जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।


Share your thoughts!