अवैध लागूऔषध सहित गाँजा सहित पक्राउ

Posted on: July 08, 2019 | views: 158 सुशासन संवाददाता

मकवानपुर, असार २३ । प्रहरीले अवैध लागूऔषध गाँजा करिब ८५ केजी ६ सय ग्राम सहित सोमबार बिहान  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन ईच्छाकामना गाउँपालिका-७ बस्ने ३० वर्षीय गणेश थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.१२ च ८५५६ नम्बरको कार जाँच गर्ने क्रममा कारको डिक्किमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी चालक थापालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!