जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted on: June 12, 2019 | views: 164 सुशासन संवाददाता

रुपन्देही, जेठ २९ । जबरजस्ती करणी गरेको अभियोगमा   प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय केशव बराललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको भन्ने ईलाका प्रहरी कार्यालय बुटवलमा जानकारी हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!