सशस्त्रका जवान भेषेन्द्र के सी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on: June 11, 2019 | views: 248 सुशासन संवाददाता

काठमाडौं, जेठ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल नं.४१ गुल्म, बुटवल ,रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरीका जवान भेषेन्द्र के सी विरुद्ध विशेष अदालत काठमाडौंमा मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार के सी ले सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा दश हजार नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले के सीलाई पक्राउ गरेको हो ।

के सी ले सेवाग्राहीसँग दश हजार घुसलिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजलाई बिगो दश हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ । 


Share your thoughts!