अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ

Posted on: June 11, 2019 | views: 71 सुशासन संवाददाता

धादिङ, जेठ २८ । गल्छी गाउँपालिका-७ लोस्टेबाट गजुरी गाउँपालिका-६ बस्ने १७ वर्षीय श्रीराम अधिकारीसहित  २ जनालाई अवैध लागूऔषध गाँजा करिब २० किलो सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध ल्याउँदै गरेको भन्ने विशेष सूचानाको आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!