उत्कृष्ट काम गर्ने पाँच प्रहरी अधिकृत पुरस्कृत

Posted on: May 31, 2019 | views: 1304 सुशासन संवाददाता

काठमाडौं, जेठ १७ । प्रहरी प्रधान कार्यालयले उत्कृष्ठ कार्य गरेको भन्दै पाँच जना प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेहरुमा प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्की, एसपी मुकुन्द मरासिनी, चन्द्रकुवेर खापुङ्ग, प्रहरी नायव उपरिक्षक (डिएसपी) ऋषिराम कँडेल र इन्स्पेक्टर गोविन्द पन्थी रहेका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको निति निर्देशन शत प्रतिशत पालना गरेको र प्रशासनिक कुशलता प्रदर्शन गरेको भन्दै प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत प्रहरी उपरिक्षक (एसपी) मुकुन्द मरासिनीले प्रहरी हेड्क्वार्टरको निर्देशन अनुसार सरुवा भएका कर्मचारीको रमाना गर्ने कार्यमा तदारुकता देखाएका थिए । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसपी दान बहादुर कार्की भर्खरै जिल्ला प्रहरी कार्यालय कास्किमा सरुवा भएका छन् । एसपी चन्द्रकुवेर खापुङ्ग र इन्पेक्टर पन्थी कर्मचारी प्रशासन शाखामा कार्यरत छन् । 

प्रशासन शाखामा कार्यरत डिएसपी कँडेलले प्रशासनिक काम कारवाहिमा कुशलता हाँसिल गरेको भन्दै पुरस्कृत गरिएको बताईएको छ ।

Share your thoughts!