नक्कली भारूसहित युनुस अन्सारी पक्राउ

Posted on: May 24, 2019 | views: 161 सुशासन संवाददाता

काठमाडौं, जेठ १० । विमानस्थल प्रहरीले करोडौं नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलमा खटिएको प्रहरी टोलीले अन्सारीसहित ३ जनालाई नक्कली भारूसहित शुक्रवार पक्राउ गरेको हो । प्रहरीले मुचुल्का तयार गर्दै गरेको जानकारी दिएको छ ।

 अन्सारी विगतमा नक्कली भारूसहित पटकपटक पक्राउ परी जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत युनुससहित ३ जना काठमाडौं आएका थिए ।


Share your thoughts!