प्रहरीलाई १ सय रुपैयाँको प्रलोभनमा पार्न खोज्ने पक्राउ

Posted on: May 15, 2019 | views: 78 सुशासन संवाददाता

काठमाण्डौ, जेष्ठ १ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट जगाती चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.२० च. ८२०९ नम्बरको बोलेरो चालक खोटाङ चिसापानी बस्ने बर्ष ३३ को केशब बहादुर तामाङलाई पक्राउ गरेको छ । 

ईटहरीबाट काठमाण्डौ आउँदै गरेको वाकर बोकेको बोलेरो गाडीलाई चेकजाँच गर्दा तामाङले प्रहरीलाई नगद रू १०० दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकाले निजलाई नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।


Share your thoughts!