जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Posted on: May 15, 2019 | views: 53 सुशासन संवाददाता

मकवानपुर, जेठ १ । हेटौंडा उपमहानगरपालिका-२ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उपमहानगरपालिका-५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईरहेका छन् । उनले ती बालिकालाई गत शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चौलागाईलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!