१५ हजार घुस लिएको आरोपमा नासु पक्राउ

Posted on: April 01, 2019 | views: 192 रासस

भक्तपुर, चैत १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । 

आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले राजश्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु. १५ हजार घुस रकम लिए लगत्तै अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ । 

Share your thoughts!