बलात्कार गरेको आरोपमा एक पक्राउ

Posted on: March 26, 2019 | views: 106 रासस

नुवाकोट, चैत १२ । न्यूनदृष्टियुक्तलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षिय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । 

अभियुक्त तामाङले युवतीलाई आइतबार बलात्कार गरेको आरोपमा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । आरोपितलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Share your thoughts!