पाँच डीएसपीको सरुवा, चपुरमा ढुंगेल, रुपन्देहीमा भण्डारी

Posted on: February 08, 2019 | views: 2876 सुशासन संवाददाता

काठमाडौं माघ २५ । नेपाल प्रहरीको मुख्यालयले पाँच डीएसपीको काज सरुवा गरेको छ । सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी रबिन्द्र सिंहको आइजी सचिवालय सरुवा भएको छ भने जाजरकोटमा कर्मचारी प्रशासन शाखाका डीएसपी श्याम खत्री गएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत चर्चित डीएसपी कुमोद ढुंगेलले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको कमान्ड गर्ने अवसर पाएका छन् । अपराध अनुसन्धानमा पोख्त उनी इन्काउण्टर स्पेसलिष्ट प्रहरी अधिकृतको रुपमा परिचित छन । ढुंगेलको ठाउँमा भर्खरै युएन मिसनबाट फर्केका डीएसपी धर्मराज भण्डारीको सरुवा भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत डीएसपी युवराज खड्का सशस्त्र प्रहरी गण नम्बर एक नक्साल तानिएका छन् ।

Share your thoughts!