गौचन हत्याकाण्डका थप तीन अभियुक्त पक्राउ

Posted on: October 29, 2018 | views: 374 सुशासन संवाददाता

काठमाडौं, कात्तिक १२ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले व्यवसायी शरद गौचन हत्याकाण्डका थप तीन अभियुक्तलाई पक्राउ गरेको छ । महाशाखा स्रोतका अनुसार पक्राउ पर्नेमा मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामा छन् । उनीहरुलाई आज नै पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरको विशेष टोलीले उनीहरुलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । महाशाखाले केहीबेरमै पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने भएको छ ।

Share your thoughts!