​नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा उत्तमराज सुवेदी

Posted on: October 24, 2018 | views: 1020 सुशासन संवाददाता

काठमाडौँ, कात्तिक ७ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन्  । यसअघि प्रवक्ता भएका शैलेश थापा क्षेत्री प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका थिए । 

Share your thoughts!