प्रहरीलाई घूस दिन खोज्ने २ पक्राउ

Posted on: October 12, 2018 | views: 2215 सुशासन संवाददाता

काठमाडौं, असोज २६ । महानगरीय प्रहरी वृत्त बानेश्वरले काठमाडौंको काँडाघारीमा ड्युटीमा रहेका प्रहरीलाई घूस दिन खोज्ने मिटि ट्रक चालकलाई पक्राउ गरेको छ । ओभरलोड सामग्रीसहित आएको ट्रकलाई प्रहरीले कारबाही गर्न खोज्दा घूस दिन खोज्ने चालक भेषकुमार श्रेष्ठ र सहचालक विनोद श्रेष्ठलाई पक्राउ गरिएको हो । 

बा ५ ख ४४५२ का चालक उनीहरुलाई बिहीवार पक्राउ गरिएको वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेले बताए । उनीहरुलाई सार्वजनिक कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी काफ्लेले जानकारी दिए । 




Share your thoughts!