प्रहरी संगठनको धमिरा फाल्दै छु : आईजीपी खनाल

Posted on: October 07, 2018 | views: 734 सुशासन संवाददाता

काठमाडौं, असोज २१ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू संगठनको धमिरा फाल्ने क्रममा रहेको बताएका छन् । संगठनका केही प्रहरी अधिकारीका कारण सिंगो संगठन नै बद्नाम भएको बताउँदै उनले यस्तो कार्य आफूलाई स्वीकार्य नहुने उल्लेख गरेका हुन् । 

आइतबार प्रहरी दिवस रनिङ कप भलिबलको समापन कार्यक्रम उनले भने, ‘केही पदाधिकारीले गर्दा सिंगो प्रहरी संगठनमाथि नै लान्छना आउने गरेको छ । त्यस्ता किरा धमिरा टिपेर फाल्न लागिपरेको छु । यसमा सबैको साथ सहयोग रहन जरुरी छ ।’

हरेक प्रहरीले आफू र आफ्ना सहकर्मीलाई सच्याउनुपर्ने भन्दै उनले जनताले प्रहरीबाट ठूलो अपेक्षा राखेको बताए । हालै मात्र निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण, ३३ किलो सुन तस्करी प्रकरणलगायत विभिन्न प्रकरणमा प्रहरीको नाम पनि मुछिएपछि नेपाल प्रहरीको आलोचना हुँदै आएको छ । 


Share your thoughts!