अपराध महाशाखाको फन्दामा कमल ज्ञवाली

Posted on: October 05, 2018 | views: 718 सुशासन संवाददाता

काठमाडौं, असोज १९ । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्न सफल भएको छ । उनी करोडौं रुपैयाँको ठगीको आरोप लागी वर्षौंदेखि फरार थिए । 

महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले ज्ञवालीलाई पक्राउ गरेको पुष्टि गरे । उनले केही बेरमा पत्रकार सम्मेलन गरी ज्ञवालीलाई सार्वजनिक गर्ने जानकारी दिए । धनगढीबाट आज ८ः५० को उडानबाट प्रहरीले उनलाई काठमाडौं ल्याइसकेको छ । फैसला कार्यान्वयनको लागि उनलाई उच्च अदालत पाटनमा बुझाउने प्रहरीको तयारी छ ।

स्रोतका अनुसार ज्ञवाली भारतको हरिद्वारमा लुक्दै आएका थिए । उनलाई नेपाल ल्याउन महाशाखाका इन्स्पेक्टर अनिल घिमिरे नेतृत्वको विशेष टोली मथुरा पुगेको थियो । यद्यपि महाशाखाले ज्ञवालीलाई कैलालीको अत्तरियाबाट नियन्त्रणमा लिएको दाबी गरेको छ । उनीविरुद्ध रू. २८ करोड बिगोका ५ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दा विचाराधीन छन् ।



Share your thoughts!