भविनको ‘छायाँ’ विमोचित

Posted on: September 04, 2017 | views: 1245

काठमाडौँ, भदौ १९ ।  युवाकवि भविन लिम्बूको कवितासङ्ग्रह ‘छायाँ’को विमोचन भएको  छ ।  यो कृति नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, कवि राधेश्याम लेकाली, निबन्धकार युवराज नयाँघरे, समालोचक महेश पौडेल, कृतिकार भविन लिम्बूले संयुक्तरुपमा छायाँको विमोचन गरेका हुन् । 

कृतिबारे बोल्दै उपकुलपति घिमिरेले यसले नयाँ पन र नयाँ शैली भित्रिएको बताए । “आजको कविताले खोजेको खास धार यो कृतिमा भेटिन्छ”, उनले भने । 

विमोचित कृतिबारे निबन्धकार नयाँघरेले ‘छायाँ’ कृतिमा देश र परदेश जोड्ने भावनात्मक पुलको निर्माण भएको बताए । “सरलतामा धेरै बलिया विचार पोखिएको यो सुन्दर कृति हो ।” नयाँघरेले भने 

समालोचक महेश पौडेलले छायाँमा जातीयता र राजनीतिको कुनै पनि छोइछिटो नरहेको र यो कृतिमा मौलिक स्वाद रहेको उल्लेख गरे ।  कृतिका लेखक लिम्बूले आपूm विदेशमा बस्दा पैसाभन्दा पनि साहित्य–कलामा बढी समर्पित भएको धारणा राखे । उनले कविता लेख्दा मलाई ठूलो सन्तुष्ठी हुने सिर्जनाले दिने सुख अरुबाट नपाइने धारण व्यक्त गरे ।  

कार्यक्रममा सहभागी भएका अन्य अतिथिहरुले पनि यो कृति उत्कृष्ट रहेको विचार व्यक्त गरेका थिए । लामो समयदेखि हङकङमा रहँदै आएका कवि लिम्बू अनेकौँ सांस्कृतिक, सामाजिक, साहित्यिक संघ–संस्थामा आबद्ध छन् । यो भविनको दोस्रो कृति हो । यसअघि उनको हङकङ चसमिस कवितासङ्ग्रह आइसकेको छ । 

विमोचनको अवसरमा वीपी चिन्तन प्रतिष्ठान हङकङका अध्यक्ष कुलप्रसाद गुरुङ, कवि टङ्क सुब्बा, बाबा बस्नेत, सन्ध्या पहाडी, डाक्टर गुनु घर्ती लगायतले आ–आफना मन्तव्य राखेका थिए । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरले आयोजना गरेको थियो ।

Share your thoughts!