बर्लिनमा लुट–२ प्रदर्शनीसहित सांस्कृतिक कार्यक्रम सम्पन्न

Posted on: March 27, 2017 | views: 763

काठमाडौं, चैत १४ । नेपाली सांस्कृतिक परिवार, बर्लिनले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र विशिष्ट अतिथिका रुपमा सांसद जीतेन्द्र देव उपस्थिति थिए । 

शनिबार बर्लिनमा भएको कार्यक्रममा नेपाली चलचित्र ‘लुट–२’को प्रदर्शनी गरिएको थियो । त्यस्तै, नेपाली नृत्य, गायन, लाइभ म्युजिक, कविता वाचनलगायत सांस्कृतिक कार्यक्रम गरिएको आयोजक रवि ढुंगानाले जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत खनालले कार्यक्रम साह्रै प्रशंसनीय र उत्कृष्ट काम भएको बताए । कार्यक्रममा सहभागी सन्तोष बन्जाडेले कार्यक्रमले जर्मनीमा रहेका नेपालीबीच सद्दभाव बढाएको धारणा राखे । 

नेपाली सांस्कृतिक परिवार बर्लिनकी संयोजक लेजुना श्रेष्ठले कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोमा सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरेकी थिइन् । आयोजकमध्येकै एक ढुंगानाले छरिएर रहेका नेपालीहरू एकत्रित गर्नुका साथै सोचेको भन्दा भव्य कार्यक्रम भएको बताए । कार्यक्रममा जर्मनीमा रहेका करिब डेढ सयभन्दा बढी नेपालीहरुको उपस्थिति थियो । 

Share your thoughts!