नाटक ‘नयाँ नेपाल’ मञ्चन

Posted on: March 26, 2017 | views: 689

काठमाडौं, चैत १३ । अचेल नाट्य समूहले भारतको मन्थन थिएटरको आह्वानमा नाटक ‘नयाँ नेपाल’ मञ्चन गरेको छ । ‘इण्डियन लार्जेष्ट स्ट्रिट प्ले फेस्टिभल’को अवसरमा इण्डिया, नेपाल, ब्राजिल, अस्ट्रेलिया र नाइजेरियामा सोही दिन सडक नाटक मञ्चन भएको थियो । अचेल नाट्य समूहले नेपालको प्रतिनिधित्व गरेर नाटक ‘नयाँ नेपाल’ मञ्चन गरेको हो ।

देशमा भइरहेको राजनीतिलाई व्यङ्ग्य गरेर तयार पारेको नाटकमा हाल राजनीतिमा देखिएको खुट्टा तानातान, असमझदारी, कुर्सी लुछालुछ, प्रदेश माग जस्ता कुराहरूलाई समेटिएको थियो । 

अन्ततः राष्ट्र निर्माण गर्न एउटा जात, समुदाय वा भाषा मात्र लागेर हुँदैन, यसका लागि त सबै नेपाली लाग्नुपर्छ भन्ने सन्देशका साथ नाटक अन्त भएको यियो । नाटक सांकेतिक थियो नाटकमा कुनै संवादको प्रयोग गरिएको थिएन ।

अजित अर्यालको परिकल्पना तथा निर्देशन रहेका उक्त नाटकमा सुशीला थापा, नवराज खड्का, सागर कान्छो, रविन खड्का र सौगात बस्नेतको अभिनय थियो ।

Share your thoughts!