भत्कियो विपीराजमार्ग टाल्नु पर्यो सरकार (गजल)

Posted on: February 20, 2017 | views: 656


-खडानन्द तिमिल्सिना

               

                      गजल


भत्कियो विपीराजमार्ग टाल्नु पर्यो सरकार

चाडै गरी बनाउनलाई थाल्नु पर्यो सरकार


हैन भने धेरै यात्रुहरुले दुःख पाउन सक्छन

विग्रिएको सडक हेर्न पाल्नु पर्यो सरकार


ठेक्का पट्टा मिलाउदा ढिला हुन सक्छ

सिधै बजेट सडकमा हाल्नु पर्यो सरकार


सेना पुलिस परिचालन गराएर छिटो

अबरुद्ध गर्ने चिज फाल्नु पर्यो सरकार


आउन जान दुबै तिर ठप्प भएको छ

बनाउने खालको कदम चाल्नु पर्यो सरकार


खोली बाटो दियो बाल्नु पर्यो सरकार


सिन्धुलीको सितलपाटी बेनीघाट खाल्टे

भत्किएछ केहि सडक टाल्नु पर्यो सरकार ।


Share your thoughts!