वरिष्ठ साहित्यकार दीक्षितको निधन

Posted on: December 29, 2016 | views: 388

काठमाडौँ,  पुस १४ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ । 


नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका दीक्षितको आज बिहान २ः४५ बजे ८७ वर्षको उमेरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ । 


पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रुपमा विस १९८६ भदौको कुशेऔँसीका दिन जन्मेका थिए । 


छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरिसकेको स्व दीक्षितका दुई हजारभन्दा बढी फट्कर कृति प्रकाशित भएका छन् । 


दीक्षितका दुई छोरा र एक छोरी छन् । रासस 

Share your thoughts!