दोस्रो विश्वयुद्धको बम फेला परेपछि बन्द भयो लण्डनको विमानस्थल

Posted on: February 12, 2018 | views: 1100 एजेन्सी

लण्डन, माघ २९ । टेम्स नदीनजिकै दोस्रो विश्वयुद्धको समयको बम फेला परेसँगै लण्डन सिटी एयरपोर्टको उडानहरु प्रभावित भएका छन् । एयसपोर्टले एक विज्ञप्ति जारी गर्दै बन्द गर्ने निर्णय गरेको हो । 

एयरपोर्टले सार्वजनिक गरेको विवरणमा पुनर्निर्माणको क्रममा दोस्रो विश्वयुद्धको समयको बम फेला परेको कारण विमानस्थल बन्द गरिन लागेको उल्लेख गरिएको छ । यो बम फेला परेसँगै त्यस आसपासको क्षेत्र खाली गराइएको थियो । जसको कारण लण्डन सिटी एयरपोर्ट पनि बन्द गरिएको हो । 

 बम फेला परेसँगै समयमा नै प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले उक्त बमलाई त्यहाँबाट हटाउने प्रयास भइरहेको जानकारी दिएको छ । 

लण्डन सिटी एयरपोर्टद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा आगामी सूचना प्रकाशित नहुँदासम्म यात्रुहरुलाई एयरपोर्ट नआउनको लागि सल्लाह दिइएको छ । साथै एयरपोर्ट आसपासका बाटोहरु पनि बन्द गरिएको छ । लण्डन सिटी एयरपोर्ट बेलायतको एक अन्तर्राष्ट्रिय एयरपोर्ट हो, जुन पूर्वी लण्डनमा रहेको छ । यो क्षेत्रमा दोस्रो विश्वयुद्धको समयमा उल्लेख्यमात्रामा औद्योगिक क्षेत्र तथा घना बस्ती रहेको थियो । 

Share your thoughts!