अर्काको गल्तीले पर्यो ५० लाख डलरको चिठ्ठा

Posted on: January 23, 2018 | views: 1957 एजेन्सी

वासिङटन । अमेरिकामा अत्यधिक मात्रामा चिठ्ठाको चलन रहेको छ । यसैबीच त्यहाँको एक गल्तीको कारण एक महिलाको भाग्य बदलिएको छ । दोस्रो व्यक्तिको गल्तीको कारण उनी करोडपति बनेकी हुन् । यो मामिला अमेरिकाको न्यु जर्सीको म्यानहेटनको हो । 

ओक्साना जहारोव नाम गरेकी महिला सुपरमार्केटमा सपिङ गर्न गएकी थिइन्, यस्तोमा उनले एउटा न्युयोर्क लोटरी पनि खरिद गर्ने निर्णय गरिन् । उनले स्टोरमा रहेका मानिससँग एक डलरको स्क्र्याच–अफ टिकट मागिन् तर गल्तीले उनलाई १० डलरको ‘सेट फर लाइफ’को टिकट दिइएको थियो । 

उक्त गल्ती महिलाको लागि भने जीवन बदल्नेवाला साबित हुन पुग्यो । टिकट स्क्र्याच गर्दा उनलाई ५० लाख डलरबराबरको चिठ्ठा परेको थाहा भयो । उनले सुरुवातमा आफूलाई १० डलरको टिकट परेकोमा दुःख लागेको तर यसलाई फिर्ता पनि गर्न सकिन्थ्यो तर यसो नगरी आफूले स्क्र्याच गर्ने निर्णय गरेको बताएकी छिन् । 

आजसम्म कुनै पनि चिठ्ठा नपरेकी उनलाई ५० लाख डलर जितेकोमा विश्वास लागेको थिएन र उनले कार्यालयमा फोन गरेर यो टिकट सक्कली रहेको पुष्टि गरेकी थिइन् । यद्यपि यो रकम किस्ता किस्ता गरी २० वर्षमा दिइन्छ । 

दुई बच्चाकी आमा रहेकी उनले यो रकमले आगामी दिनमा बच्चाहरुको अध्यापनको लागि प्रयोग गर्ने बताएकी छिन् । 

Share your thoughts!