निर्धारित समयभन्दा ५३ मिनेट पहिले गन्तव्यमा पुग्दै नयाँ कीर्तिमान

Posted on: January 22, 2018 | views: 2579 एजेन्सी

लण्डन, माघ ९ । सस्तो हवाई सेवा प्रदायक नर्वेजियन एयरले एक नयाँ कीर्तिमान कायम गरेको छ । एयरलाइन्स कम्पनीले दिएको जानकारीअनुसार १५ जनवरीमा युयोर्कदेखि लण्डनको यात्राको क्रममा विमान ५३ मिनेट छिटो पुगेको थियो । यो उडान केवल पाँच घण्टा १३ मिनेटको रहेको थियो । यो समय अहिलेसम्मको कुनै पनि हवाई सेवा प्रदायकले यो दूरी पार गर्न लगाएको सबैभन्दा कम समय हो । 

यसअघि सन् २०१५ मा बेलायती हवाई सेवा प्रदायकले पाँच घण्टा १६ मिनेटमा यो यात्रा पूरा गरेको थियो । त्यो नै सबैभन्दा छिटो उडानको कीर्तिमान थियो । आशा गरिएभन्दा सफा मौसमको कारण ७८७–९ ड्रिमलाइनर विमान उक्त कीर्तिमानभन्दा पनि तीन मिनेट छिटो गन्तव्यमा पुगेको हो । यो विमानमा दुई सय ८४ जना यात्रीहरु यात्रा गरिरहेका थिए । यो बिहान ११ बजेर ४४ मिनेटमा न्युयोर्कबाट उडेको थियो र सामान्य हिसाबमा यो यात्राको लागि छ घण्टा ३० मिनेटको समय लाग्ने गरेको छ ।  

सुपरसोनिक विमान यात्राको हिसाबमा निकै छिटो भए पनि यो विमानले धेरै विवादहरुको सामना गर्दै आएको छ । यो विमानको कारण जमिनमा पनि खराब असर देखिने गरेको छ । साथै जनावरहरमा पनि नकारात्मक असर पुग्ने भएको कारण यो विमानलाई सन् १९७३ देखि नै धेरै क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । 

Share your thoughts!