काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार

Posted on: November 04, 2018 | views: 62 रासस

काठमाडौँ, कात्तिक १८ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ । 

उक्त पार्टीले आज प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नेविसंघको महाधिवेशन, महासमिति बैठक र पार्टीको विधानका विषयमा छलफल हुने बताइएको छ । 

Share your thoughts!