समायोजन रोज्ने प्रहरीलाई दुई ग्रेड

Posted on: August 12, 2019 | views: 564 सुशासन संवाददाता

काठमाडौँ, साउन २७ । प्रतिनिधिसभाले आइतबार प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन) विधेयक पारित गरेको छ । 

राज्य व्यवस्था समितिले दुवै विधेयक विभिन्न दफा फेरबदल गरेर प्रतिवेदनसहित प्रतिनिधिसभा पठाएको थियो । प्रनिनिधिसभामा सांसदहरुको छलफलपछि विधेयक पारित गरेका हुन् । गृहमन्त्री रामबहादुर थापाले दुवै विधेयक पारित गर्न प्रतिनिधिसभामा प्रस्ताव गरेका थिए । 

समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड थप गरिने भएको छ । प्रनिनिधिसभामा छलफलका क्रममा केही सांसदले प्रदेशमा जाने प्रहरीको एक तह बढुवा गर्नुपर्ने तर्क राखेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।


Share your thoughts!