सगरमाथाको टुप्पोमा फहराइयो 'द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन' को लोगो

Posted on: June 17, 2022 | views: 160 सुशासन संवाददाता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा 'द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन' को लोगो फहराइएको छ ।

मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामाले बर्गर हाउसको लोगो भएको ब्यानर फहराएका थिए । गायक लामासहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए । सगरमाथा आरोही सफलपछि गायक लामालाइ बर्गर हाउसको सस्थापक बसन्त लामासहितको टीमले धन्यवाद सहित भब्य स्वागत गरेका थिए ।


गायक लामाले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए । आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए ।



Share your thoughts!