शनिबारदेखि राजधानीका सबै संग्राहलय बन्द

Posted on: January 21, 2022 | views: 143 रासस

काठमाडौं, माघ ७ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै संग्राहलय बन्द गरिने भएको छ । 

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले आज राति १२ बजेदेखि राजधानीका सबै संग्राहलय बन्द गर्ने निर्णय गरेको थियो ।

आजसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर चलिरहेका संग्राहलय शनिबारदेखि बन्द गर्ने गरी तयारी गरिएको हनुमानढोका दरबार संग्राहलयका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । राजधानीमा हनुमानढोका दरबार संग्राहलयका साथै मुख्यरुपमा राष्ट्रिय संग्राहलय, मुद्रा संग्राहलय, नारायणहिटी दरबार संग्राहलय , भक्तपुर र पाटन दरबार संग्राहलयलगायत संग्राहलय छन् ।

कोरोना बढ्दै गएपछि सरकारले भीडभाड हुने सबै कार्यालय बन्द गर्ने क्रममा शनिबारदेखि संग्राहलय पनि बन्द गर्न लागेको हो । अर्को सूचना जारी नभएसम्म संग्राहलय बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको विज्ञप्तिमा उल्लेख छ ।


Share your thoughts!