आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Posted on: November 02, 2021 | views: 219 सुशासन संवाददाता

ललितपुर, कात्तिक १६ । गोदावारी नगरपालिका-७ बस्ने ३२ वर्षीय धनरुपा अछामीले ललितपुर महानगरपालिका-५ लगनखेल महालक्ष्मी मार्गस्थित संचालन गरेको फेन्सी सु-सेन्टर र सोही ठाउँ बस्ने ६० वर्षीया शान्त लक्ष्मी बज्रचार्यको टेलरमा सोमबार साँझ आगलागी हुँदा फेन्सी सु-सेन्टर र टेलर पूर्णरुपमा जलेर करिब २७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Share your thoughts!