डोटीका बिद्यालयमा चाडपर्व बिदा: कतै ६ दिन, कतै १ महिना

Posted on: October 04, 2021 | views: 169 गणेश मौनी

डोटी, असोज १८ । २०७८ सालको दशै र तिहारको पर्ब बिदाका सन्दर्भमा डोटीका स्थानिय तहहरुले फरक फरक निर्णय गरेका छन् । 

सात वटा गाउँपालिका र दुई नगरपालिका रहेको डोटीमा कुनै स्थानिय तहले छ दिन मात्र बिदा दिने निर्णय गरेका छन भने कसैले एक महिना दिने निर्णय सार्वजनिक गरेका छन् । 

डोटी जिल्लाको सबै भन्दा पुरानो नगरपालिका दिपायल सिलगढी नगरपालिकाले दशैको समयमा घटस्थापनाको दिन यही असोज २१ गते देखि कात्तिक १ गते सम्म बिदा दिने निर्णय गरेको छ भने कात्तिक २ गते देखि बिद्यालय संचालन हुने दिपायल सिलगढी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर बोगटीले बताए । उनले तिहारको समयमा नेपाल सरकारको सार्वजनिक बिदाको नियमानुसार दिईने समेत बताए ।

त्यस्तै शिखर नगरपालिकाले पनि घटस्थापनाको दिन यही असोज २१ गते देखि कात्तिक २ गते सम्म बिदा दिने सन्दर्भमा छलफल भईरहेको तर निर्णय भईनसकेको शिखरनगरपालिकाकाशिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शेर बहादुर कार्कीले बताए । तिहारको सन्दर्भमा शिखरनगरपालिकाले नेपाल सरकारको सार्वजनिक बिदाको नियमानुसार दिन छलफल भईरहेको समेत कार्किले बताए । 

डोटीमा सबैभन्दा कम बिदा दिने निर्णय बोगटान फुड्सिल गाउँपालिका र सायल गाउँपालिकाले गरेको छ ।  गाउँपालिकाको निर्णय अनुसार फुलपातीको दिन यही असोज २६ गते देखि असोज ३१ गते सम्म छ दिन मात्र बिदा दिने निर्णय गरेको बोगटान फुड्सील गाउँपालिकाका शिक्षा  युवा तथा खेलकुद शाखा संयोजक खेम बहादुर साउँदले बताए । त्यस्तै सायल गाउँपालिकाले नेपाल सरकारले सार्वजजिक गरेको बिदाको नियमानुसार असोज २६ गते देखि असोज ३१ गते सम्म बिदा दिईने सायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नबराज सापकोटाले बताए । तिहारको सम्बन्धमा दुबै गाउँपालिकाले नेपाल सरकारको सार्वजनिक बिदाको नियमानुसार दिईने जानकारी दिएका छन् । 

दशै तिहारमा डोटी जिल्लामा सबै भन्दा बढी बिदा निर्णय केआईसिंह गाउँपालिका र जोरायल गाउँपालिकाले गरेको छ । दुबै गाउँपालिकाले सुचना जारी गर्दै फुलपातीको दिन यही असोज २६ गते देखि कात्तिक २१ गते सम्म बिदा निर्णय गरेको जोरायल गाउँपालिकाका शिक्षायुवा तथा खेलकुद शाखा प्रमुख तेज बहादुर खत्रीले बताए ।दुबै गाउँपालिकाको निर्णय अनुसार २७ दिन सम्म बिदा हुने भएको छ । 

त्यस्तै बडीकेदार गाउँपालिका र पुर्वचौकी गाउँपालिकाले पनि घटस्थापनाको दिन यही असोज २१ गते देखि कात्तिक ३ गते सम्म दशै बिदा दिन निणर्य गरेको छ । दुबै गाउँपालिकाकाले छुट्टाछुट्टै सूचना जारी गर्दै बिदा दिने निर्णय गरेको पुर्विचौकी गाउँपालिकाकाशिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनोद भट्टले बताए । दुबै गाउँपालिकामा तिहारको सम्बन्धमा नेपाल सरकारको सार्वजनिक बिदाको नियमानुसार बिदा दिने  निर्णय गरेको बडीकेदार गाउँपालिकाशिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउबाले बताए । 

डोटीको आदर्श गाउँपालिकाले पनि दशैको अवसरमा घटस्थापनाको दिन यही असोज २१ गते देखि असोज ३१ गते सम्म बिदा दिने निणर्य गरिएको शिक्षायुवा तथा खेलकुद शाखा प्रमुख मनु क्षेत्रीले बताईन । तिहारको सन्दर्भमा भने नेपाल सरकारको सार्वजनिक बिदाको नियमानुसार बिदा हुने बताईन् 

डोटी जिल्लामा विभिन्न स्थानिय तहले दशै तिहारको बिदाको सन्दर्भमा आ आफ्नै खालका निर्णय गरेको शिक्षा  बिकास तथा समन्वय इकाई डोटीका निमित्त प्रमुख पदम साउदले बताए । पछील्लो समयमा स्थानीय तहले कक्षा १० र १२ को परिक्षा संचालनका सम्बन्धमा बाहेर अन्य निणर्यहरुगर्दा पालीकाले आ आफ्नै किसीमले निर्णय गर्दा आफुहरुलाई जानकारी नहुने गरेको समेत साउँदले बताए ।  

नेपाल सरकारले दशैको समयमा निजामती कर्मचारीलाई फुलपातीको दिन असोज २६ गते देखि असोज ३० गते सम्म र तिहारको समयमा लक्ष्मी पुजाको दिन कात्तिक १८ गते देखि २१ गते सम्म बिदा दिने निर्णय गरेको छ भने बिद्यालयको हकमा अन्य थप निर्णय गरको देखिदैन ।


Share your thoughts!