काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।