काठमाडौं, फागुन ५ । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की ९५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेकी छन् ।
कार्कीले ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बील भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार कार्कीलाई ९५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सोहि गाउँपालिका-५ धादिङ स्थित उनको डेराकोठाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।