काठमाडौं, पुस १७ । काठमाडौंको नागार्जुन-३ इचंगुनारायण घर भई लामो समयदेखि बेपत्ता रहेका कृष्णबहादुर तामाङ अझै फेला पर्न सकेका छैनन् ।
उनी २०६२ सालदेखि बेपत्ता भएका हुन् । मानसिक सन्तुलन बिग्रिएका कृष्णबहादुरलाई १५ वर्षअघि बेपत्ता भए पनि अहिलेसम्म फेला पार्न नसकेको उनका छोरा सुनिल तामाङले बताए ।
कृष्णबहादुरका श्रीमती, तीन जना छोरा र एक छोरी छन् । उनलाई फेला पार्नेले मोबाइल नम्बर ९८४०६०९३९१ मा सम्पर्क गरिदिन छोरा सुनिलले आग्रह गरे ।