२० जनाले लिए वैवाहिक अङ्गीकृत नागरिकता

Posted on: October 28, 2020 | views: 183 रासस

लमजुङ, कात्तिक १२ । नयाँ संविधान  जारी भएदेखि लमजुङ जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका  अनुसार आर्थिक वर्ष २०७२-२०७३ देखि २०७६-२०७७ अङ्गीकृत नागरिकता दिइएको हो ।  वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६-२०७७ मा पाँच, २०७५-२०७६ मा ६, २०७४-२०७५ मा तीन, २०७३-२०७४ दुई र  २०७२-२०७३ मा चार जना रहेको जिप्रकाले जनाएको छ । 

संविधानमा वैवाहिक अङ्गीकृत र अङ्गीकृत गरी दुई प्रकारका अङ्गीकृत नागरिकता छ । एक प्रकारको जिप्रका र अर्काे गृह मन्त्रालयबाटै वितरण हुने जिप्रकाले जनाएको छ । नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको जिप्रकाको तथ्याङ्क छ । 


Share your thoughts!