मन्त्रिपरिषद पुनर्गठन: अर्थमन्त्रीमा विष्णु पौडेल, ईश्वर पोखरेलको मन्त्रालय खोसियो

Posted on: October 14, 2020 | views: 392 सुशासन संवाददाता

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



Share your thoughts!