४ लाख घुससहित दुई पक्राउ

Posted on: July 28, 2020 | views: 218 सुशासन संवाददाता

बुटवल, साउन १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जनालाई चारलाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार निज कार्यालय सहयोगी लोध र मतियार यादवलाई चारलाख घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सेञ्न्चुरी कमर्सियल बैंक लिमिटेड, शाखा कार्यालय भैरहवाको परिसरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।


Share your thoughts!