डोटीका नौ स्थानमा हेल्थ डेक्स स्थापना

Posted on: March 22, 2020 | views: 263 गणेश मौनी

डोटी, चैत्र ९ । डोटी जिल्लाका नौ वटा स्थानमा हेल्थ डेक्स स्थापना हुनुका साथै अन्य स्थानमा थप हुने क्रम दिनानु दिन बढीहेको छ ।

जिल्ला विपद व्यवस्थापन समिति डोटीको निर्णय अनुसार पहिलो चरणमा जिल्लाका ४ वटा स्थान जिल्ला अस्पताल, दिपायलको पिपल्ला बजार, आदर्श गाउँपालिकाको मौवा र जोरायल गाउँपालिकाको बुडरमा ‘हेल्थ डेस्क’को स्थापना गर्ने निर्णय अनुसार संचालनमा रहेका छन् ।  

अन्य स्थानमा शनिबार मात्र डोटीको बडीकेदार गाउँपालिकाको वडा नम्बर १ बिपीनगर र के आई सिंह गाउँपािलकाको वडा नम्बर ४ दुर्गामाण्डौमा स्थापना गरिएका थिए । भने आईतबार शिखर नगरपालिकाको वडा नम्बर ७ तलकोट सोही नगरपालिकाको वडा नम्बर १०बानडुग्रीसैन र पुर्विचौकी गाउँपालिकाको वडा नम्बर ४ सानागाउँमा पनि हेल्थ डेक्स स्थापना गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरिक्षक सुर्य बिस्टले जानकारी दिएका छन् । 

जिल्लाका विभिन्न स्थानमा हेल्थ डेक्स स्थापना गर्नुका साथै जनचेतनामुलक कार्यक्रमहरुलाई पनि निरन्तरता दिईरहेका स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । स्थास्थ्य कार्यालयले आजैमात्र बालसुधार गृह डोटीमा रहेका बालकहरुलाई र जिल्ला कारागार डोटीमा रहेका कैदीबन्दीहरुलाई कोराना भाईरसबाट बच्च अपनाउनु पर्ने साबधानीका बारेमा जानकारी गराएको हो । 

डोटी जिल्लामा हालको अवस्थामा जिल्ला अस्पतालमा २ वटा प्रहरी अस्पतालमा ३वटा शैलेश्वरी अस्पतालमा २ वटा, सुजङ अस्पतालमा २ वटा र चोपडा अस्पतालमा २ वटा गरि एघार वटा आईसोलेसन ब्यडको ब्वस्थापन गरिएको समेत प्रमुख मलासीले बताए । स्थापना भएका ‘हेल्थ डेस्क’मा आवश्यक पर्ने सम्पूर्ण उपकरण सहित स्वास्थ्यकर्मीको व्यवस्था गरीएको छ । 

गैसका सम्पूर्ण कार्यक्रम स्थगित

गैरसरकारी संस्था महासंघ जिल्ला शाखा डोटीको आईतबार बसेको बैठकले कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारको निर्णय अनुसार डोटी जिल्लामा कार्यरत सम्पूर्ण गैरसरकारी संस्थाहरुले आफ्ना नियमीत कार्यक्रम गतिबिधी, बैठक, गोष्ठी, सेमिनार जस्ता क्रियाकलाप नगर्ने र फिल्डमा रहेका कर्मचारीहरुलाई आफु सुरक्षित रहि आफ्नो पायक पर्ने स्थानबाट कोरोना संक्रमणबाट बच्न सचेतनामुलक सन्देश प्रबाहमा सहयोग गर्न सहकार्य गर्ने निर्णय गरिएको डोटी शाखाका अध्यक्ष  रघु बहादुर कठायतले जानकारी दिएका थिए ।

अध्यक्ष कठायतका अनुसार जिल्ला स्थित विभिन्न गैरसरकारी संस्थाहरुले जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक क्रियाकलाप संचालन गर्नुका साथै बाल्टी, साबुन, माक्स बितरण गरि सहयोग गर्ने निर्णय समेत बताए ।  

अत्यावश्यक सेवा नियमित गर्न प्रशासन द्धारा अनुरोध

जिल्ला स्थित सम्पूर्ण सरकारी कर्मचारी र अत्यावश्यक सेवामा कार्यरत निजि क्षेत्रका कर्मचारीहरुलाई नियमित कार्यालयमा उपस्थित भएर कामकाज गर्न जिल्ला प्रशासन कार्यालय डोटीले आईतबार सुचना जारी गर्दै अनुरोध गराएको छ । 

नोवेल कोरोना भाईरसका रोकथामका लागि सतर्कता स्वरुप नागरिकता तथा राहदानी लगाएतका कामहरु यहि चैत्र ९ गतेदेखि २१ गतेसम्मका लागि सेवा बन्द गरेको प्रशासनले अत्यावश्यकिय सेवाहरु भने सूचारु रहने जनाएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजि सेवाप्रदायक संस्थाहरुबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुरुपका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु भने चैत्र ९ देखि २१ गतेसम्मका लागि बन्द गर्ने र सोको सूचना जारी गर्न सबैलाई आग्रह गरेको छ ।

प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षर गरेको जारी सार्वजनिक सूचनामा जिल्लामा रहेका सम्पूर्ण कर्मचारीहरु नियमित कामकाजका साथै ऋइख्क्ष्म्(ज्ञढ को रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कताका साथै कार्ययोजना बमोजिम परिचालन हुन र हेल्थ डेक्सको अनुगमन, प्रभावकारी सुपरिवेक्षण समन्वय र प्रतिवेदनमा केन्द्रित रहन आग्रह गरिएको छ ।  

सन् २०१९ डिसेम्बरको शुरुवातमै चीनको वुहान सहरमा एकाएक देखिएर हाल एक सय ८० वटा देशसम्म फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पूर्व सतर्कताका लागि डोटीमा ‘हेल्थ डेस्कको स्थापनाका साथै सो संग सम्बन्धीत विभिन्न गतिबिधीहरु सञ्चालन भईरहेका छन् । 


Share your thoughts!