२२ हजार घुससहित लेखा अधिकृत पक्राउ

Posted on: January 12, 2020 | views: 345 सुशासन संवाददाता

काठमाडौं, पुस २७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय प्रदेश नं. ३ ललितपुरका लेखा अधिकृत बिष्णुहरी पुडासैनीलाई २२ हजार घुससहित पक्राउ गरेको छ ।

लेखा अधिकृत पुडासैनीले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेस्न पेस्की लिनका लागि आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका अनुसार लेखा अधिकृत पुडासैनीलाई २२ हजार घुस लिइसकेको अबस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका वडा नं. १३ एकान्तकुनाबाट शुक्रबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

Share your thoughts!