घुससहित इन्जिनियर पक्राउ

Posted on: November 30, 2019 | views: 248 सुशासन संवाददाता

काठमाडौं, मंसिर १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोक जोशीलाई २ लाख ५०  हजार घुससहित पक्राउ गरेको छ ।

इन्जिनीयर जोशीले भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थप लगायतका काम गरि दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका अनुसार जोशीलाई घुस वापतको दुई लाख पचास हजार रकम लिइसकेको अवस्थामा उक्त रकम सहित निजको कार्यकक्षबाट शुक्रबार रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।


Share your thoughts!