महरालाई सिंहदरबार बृत्तको हिरासतमा राखिने

Posted on: October 06, 2019 | views: 389 सुशासन संवाददाता

काठमाडौं असोज १९ । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारको न्यायीक हिरासतमा राखिने भएको छ। आइतबार साँझ सभामुखको सरकारी निवासबाट पक्राउ परेका उनलाई मेडिकल चेकजाँचपश्चात् सिंहदरबार बृत्तमा राखिने उच्च स्रोतले बतायो।


महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको प्रहरी टोलिले महरालाई सरकारी निवासमै पक्राउ पुर्जी थमाइसएको छ। जबर्जस्ति करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट नियन्त्रणमा लिएको थियो। उच्च स्रोतका अनुसार प्रहरीसंग महराले आफु आफ्नै गाडीमा जाने अडान लिएका छन् तर प्रहरीले उनलाई प्रहरीकै गाडीमा ल्याउने अडान लिएका छन्।

आइतबार अपरान्ह काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर न्यायीक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो। महरा प्रतिनिधि सभा सदस्य भएको कारण पक्राउ गर्नुपुर्व संघीय संसदलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ। सोही प्रावधान अनुसार प्रहरीले संघीय संसदका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई जानकारी दिएर नियन्त्रणमा लिएको उच्च स्रोतले बतायो। फौजदारी कसुरमा अदालतको पक्राउ आदेशसंगै महरा अब प्रहरी हिरासतमा बस्नुपर्नेछ। योसंगै उनी प्रतिनिधि सभा सदस्यबाट स्वत: निलम्बन हुनेछन्।


Share your thoughts!