जिल्ला प्रहरी कार्यालय मोरङ सर्वोत्कृष्ट, एसपी केसी पुरस्कृत हुँदै

Posted on: September 24, 2019 | views: 226 सुशासन संवाददाता

काठमाडौ, असोज ७ ।  ६४ औ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले सर्वोत्कृष्ट पुरस्कार पाउने भएको छ । नेपाल पुलिस ब्याटनको नामले परिचित उक्त पुरस्कार गतबर्ष जिल्ला प्रहरी कार्यालय झापाले पाएको थियो । नेपाल प्रहरीले यो बर्षको प्रहरी दिवस यहि असोज २३ र २४ गते विभिन्न कार्यक्रम गरेर मनाउदै छ ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) मनोज केसी पुरस्कृत हुने भएका हुन्। अन्तर जिल्ला कार्यदक्षता मुल्यांकनमा सर्वोत्कृष्ट भएका एसपी केसी व्यावसायिक प्रहरी अधिकृत हुन् ।

प्रहरी प्रधान कार्यालयले डिआइजी केदार रिजालको अध्यक्षतामा कार्यदक्षता मुल्यांकन समिती गठन गरेको थियो। समितिमा एसएसपी धिरजप्रताप सिंह, एसपी भरतबहादुर बोहरा, सिद्धीविक्रम शाह, नान्तीराज गुरुङ, डिएसपीहरु अमरेन्द्र सिंह, कुलदीप चन्द, गजुसिद्धी बज्राचार्य लगायतको समिति गठन गरेको थियो ।


उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय तर्फ रुपन्देही दोश्रो र सुर्खेत तेस्रो हुने भएको छ । रुपन्देहीका तत्कालीन एसपी हृदय थापाले दोश्रो र सुर्खेतका तत्कालीन एसपी वसन्त रजौरेले तेस्रो पुरस्कार पाउने भएका छन् ।

Share your thoughts!